डोटीको गोपघाटमा ट्याक्टरको ठक्करबाट बालक घाइते

छिनोफानो   बिहिबार २७, असार २०८१ ११:१२

धनगढी ।   डोटीको दिपायल नगरपालिकाको गोपघाट बजारमा ट्याक्टरले ठक्कर दिदा साइकलमा सवार बालक घाइते भएका छन्।

बाजुरादेखि धनगढीतर्फ आइरहेको बुढिनन्दाका २८ वर्षीय चक्र खड्काले चलाएको से २ प २६१ नम्बरको ट्याक्टले ठक्कर दिदा १४ वर्षीय सुदिप बलायर घाइते भएका प्रहरीले जनाएको छ। बलायर गोपघाट बजारदेखि तिलतालीतर्फ जाने क्रममा ठोक्किएका थिए।उनी शिखर नगरपालिका–८ का स्थानीय हुन्। बलायरको दाहिने खुट्टा, छातिमा चोट लागेको छ।

गम्भीर अवस्थाका बलायरलाई थप उपचारका लागि धनगढी ल्याइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु