गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु

छिनोफानो   मङ्गलबार ०१, साउन २०८१ ०१:४४

अत्तरिया । कैलालीको गोदावरीमा पुलबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।

सोमबार राती साढे ११ बजे गोदावरी नगरपालिका – ८ स्याउले स्थित खुटिया नदीको पुलबाट हाम फाल्दा स्थानीय ५५ वर्षीय जोक्कर बहादुर गुरुङको मृत्यु भएको हो ।पुलबाट हाम फालेर गम्भीर घाइते भएका गुरुङको सेती सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

उनलाई डाक्टरले राती  साढे १२ बजे मृत घोषणा गरेका थिए ।घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु