सेती अस्पतालका डाक्टरसँग स्वास्थ मन्त्री भाटले गरे छलफल

छिनोफानो   मङ्गलबार ०१, साउन २०८१ ०४:१३

धनगढी ।     सुदूरपश्चिम प्रदेश सरकारका स्वास्थ्य, महिला तथा बालबालिका मन्त्री ओम विक्रम भाट ‘सरल’ले पहिलोपटक सेती प्रादेशिक अस्पतालका चिकित्सकलाई बोलाएर छलफल गरेका छन् ।

मन्त्री भाटले मंगलबार मन्त्रालयमै धनगढीस्थित सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्टसहितका विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि चिकित्सकहरुलाई बोलाएर छलफल तथा अन्तरक्रिया गरेका हुन् ।मन्त्री भाटले मन्त्रालयका सचिवसहितलाई राखेर अस्पतालमा रहेका समस्या समाधान र चिकित्सक प्रोत्साहनका लागि गर्नुपर्ने विषयमा छलफल गरेका थिए ।

छलफलमा सहभागी चिकित्सकले सुदूरपश्चिम प्रदेश सरकारको इतिहासमै पहिलोपटक सामूहिक छलफल तथा अन्तरक्रिया गरिएको बताएका छन् ।

यस अगाडि मन्त्री भाटले सुदूरपश्चिमभरका अस्पतालका अध्यक्षसहित मेडिकल सुपरिटेन्डेन्टलाई पनि बोलाएर सामूहिक छलफल गराएका थिए।

आजको छलफलमा मन्त्री भाटले चिकित्सकका समस्या समाधानका लागि मन्त्रालयबाट पहल गरिने र सेवा चुस्त बनाउन चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

सो क्रममा सेती प्रादेशिक अस्पतालका चिकित्सकहरुले सबै डिपार्टका समस्याहरु राखेका थिए। ती समस्या समाधानका लागि मन्त्री भाटले आफू प्रतिबद्ध रहेको जनाए।

यस्तै सेतीमा भौतिक संरचना निर्माणसहित सेवा विस्तार र दरबन्दी बढाउने विषयमा मन्त्री पदमा हुँदामात्रै नभएर जुनसुकै जिम्मेवारीमा रहेपनी पहल गर्ने मन्त्री भाटको भनाई छ। यस अगाडि नै सेतीको ओएण्ड एम गर्ने मन्त्री भाटले घोषणा गरिसकेको र सो फाइल मुख्यमन्त्री कार्यालयमा पुगेको बताइएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु