नवलपुरमा दुई जनाको मृत्यु

छिनोफानो   बुधबार ०२, साउन २०८१ १०:२२

नवलपुर ।  नवलपुरमा सर्पले डस्दा १४ वर्षीय बालकको मृत्यु भएको छ । मध्यविन्दु नगरपालिका ६ भडरा बस्ने टोलकुमारी महतोका १४ वर्षीय छोरा आर्यन महतोलाई आफ्नै घरमा खेल्ने क्रममा सर्पले डसेको थियो ।

सर्पले डसेपछि उहाँलाई उपचारको लागि कालीगण्डकी अस्पताल लगिएको र थप उपचारको लागि भरतपुर लैजाँदै गर्दा बाटोमा मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ । यस्तै नवलपुरको कावासोतीमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार आज बिहान कावासोती १४ र १७ को सिमानामा पर्ने अघरीघाट पुलबाट खसी मृत रहेको अवस्थामा एक जनाका पुरुषको शव भेटिएको हो । 

कावासोती १७ ढोकी निवासी २७ बर्षीय डिल्लीराम महतो हिजोदेखि घरबाट निस्केको र आज बिहान पुल मुनी मृत भेटिएको प्रहरीको भनाइ छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु