धनगढीकाे सैपाल हाेटलमा काम गर्ने युवकले छतबाट हाम फाले

छिनोफानो   बुधबार ०२, साउन २०८१ १०:४०

धनगढी ।   धनगढीमा हाेटलकाे छतबाट हाम फालेर एक युवक घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका- ३ ट्राफिक चोकमा रहेकाे खप्तड सैपाल होटल एण्ड लजमा काम गर्ने बैतडीकाे दशरथचन्द नगरपालिका-५ बस्ने २० वर्षीय हेमराज जोशीले गएराति पाैने २ बजेकाे समयमा छतबाट हाम फालेकाे प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कबिन्द्रसिंह बाेहाेराले मादक पदार्थ सेवन गरी सोही होटलको एक तला माथिबाट हाम फाल्दा घाइते भएका जाेशीकाे सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताए ।

उनकाे बाँया खुट्टामा चोट लागेकाे छ भने अवस्था मध्यम रहेकाे प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु