धनगढीमा लागुऔषध सहित एक युवती पक्राउ

छिनोफानो   बुधबार ०२, साउन २०८१ १०:४६

धनगढी । धनगढीमा लागुऔषधसहित एक युवती पक्राउ  परेकि छन् ।

धनगढी उपमहानगरपालिका-३ बिशालनगर चाेकमा डेरा गरि बस्ने डाेटीकाे जाेरायलकि १८ वर्षीया इन्द्रा मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयकाे अनुसन्धान समूहका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टाेलीले मगरलाई पक्राउ गरेकाे थियाे ।

उनकाे साथबाट ९८०  मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु