कञ्चनपुरमा सवारी दुर्घटनामा २ जनाको मृत्यु

छिनोफानो   बुधबार ०२, साउन २०८१ ०१:१८

धनगढी । कञ्चनपुरमा सवारी दुर्घटना परेर दुई जनाको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–४ सिचाइ कार्यालय अगाडि पुर्वपश्चिम राजमार्गमा ०३ ए ९०३४ नम्बरको मोटरसाईकल मंगलवार राति साढे १० बजे छाडा गाईसँग ठोक्किदा दुर्घटना भएको थियो ।मोटरसाईकल गाईसँग ठोक्किएर दुर्घटना हुँदा चालक जिल्ला चम्फावत मिना बजार बनबासा भारत बस्ने ३० वर्षीय चाँद पुरैसीको मृत्यु भएको हो । गम्भीर घाइते भएका पुरैसीको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दोधाराचाँदनी नगरपालिका–४ चाँदनीमा पक्की सडक खण्डमा उत्तरबाट दक्षीणतर्फ जाँदै गरेको युके ०६ बिएच ४८७५ नम्बरको मोटरसाइकल राति ३ बजे आफै अनियन्त्रित भई सडक छेउको पोलमा ठोक्किदा दुर्घटना भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा नामथर नखुलेको अन्दाजी ३०/३५ वर्षीय २ जना पुरुष गम्भिर घाइते भएको प्रहरीले जनाएको हो ।

घाइते भएका दुइजनालाई उपचारको लागि दोधारा चाँदनी अस्पताल ल्याईएकोमा १ जनालाई ३ः४५ बजे चिकित्सजले चेकजाँच गर्दा मृत घोषणा गरेको र १ जनाको अवस्था गम्भिर भई महाकाली प्रादेशीक अस्पताल महेन्द्रनगरमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु