बझाङबाट एक जना बेपत्ता

छिनोफानो   बुधबार ०२, साउन २०८१ ०२:४७

बझाङ   बझाङबाट एक जना बेपत्ता भएका छन्।

जिल्लाको मष्टा गाउँपालिका १ का ५२ वर्षीय बिर्खराज पुरी असार ३० गतेबाट बेपत्ता भएका हुन्।३० गते दिउँसो घरबाट धनगढी जान्छु भनी हिडेका बिर्खराज अहिले सम्म सम्पर्क बिहीन रहेको कमल पुरीले जानकारी दिए। असार ३१ गते बझाङको देउरामा स्थानीयले देखेकोसमेत पुरीले बताए।

बिर्खराजलाई कसैले देखे वा भेटेमा नजिकैको प्रहरी तथा सम्पर्क नम्बर ९८६८०३९५२८ मा खबर गरिदिन हुन उनले आग्रह गरेका छन्। बिर्खराजले कान कम सुन्ने गरेको बताईएको छ।  

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु