कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

छिनोफानो   बिहिबार ०३, साउन २०८१ १०:१४

 

धनगढी । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बुधबार लम्कीचुहा नगरपालिका – २ का ४० वर्षीय लक्ष्मी जैसीको करेन्ट लागेर मृत्यु भएको हो । घरमा पोछा लगाउने क्रममा फ्रिजको पछाडी पट्टी रहेको तार छुन गई करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु