कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

छिनोफानो   बिहिबार १०, साउन २०८१ ११:२२

धनगढी ।  कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको भजनी नगरपालिका–८ खैरा, धनगढी उपमहानगरपालिका–१५ उर्मीबाट भारतबाट भन्सार छली ल्याएको चिनी, प्याज, पलाष्टिक झिल्ली लगायतको अन्दाजी ४६ हजार २ सय मुल्य बराबरको सामान बरामद गरिएको छ। उक्त समान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको पुनर्वास नगरपनलिका–१० बाट भन्सार छली गरी ल्याएको ८ हजार ७ सय बराबरको लेडिज सुट, ड्यु लगायतको सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु