अभद्र व्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ

छिनोफानो   बिहिबार १०, साउन २०८१ १२:२५

डडेल्धुरा ।    अभद्र व्यवहार मुद्दामा फरार रहेका डडेल्धुराका एक जना पक्राउ परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेका ४६ वर्षीय भिमप्रसाद भट्टराई पक्राउ परेका हुन्। अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट ११ दिन कैद र ५ हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए।

भट्टराईलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले अमरगढी नगरपालिका–७ पोखरा बजारबाट पक्राउ गरेको जनाएको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु