अछामी रेखाको अभिनय तथा नेत्र रावलको स्वरमा रहेको  घुम्दै रहेई माया गितको म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित)

छिनोफानो   सोमबार १४, साउन २०८१ ०१:३७

धनगढी । अछाम जिल्ला मंगलसैन नगरपालिका १२ बिकृमा जन्मीनु भएका डेउडा गायक नेत्र बहादुर रावलको चौथो डेउडा कोसेली  घुम्दै रहेई मायागितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । बिषेश फिल्मीस प्रालीको युटुब च्यानबाट बजारमा आएको उक्त गितमा  लय र शब्द शंकर सोडारी बादल रहेको छ सवर नेत्र रावल र शोभा थापाको रहेको छ ।  भिम बिष्ट अछामी रेखाको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा अभिनय स्वयम भिम बिष्ट अछामी रेखा र समिना मगरको रहेको छ ।


बिषेश रेर्कडिङ स्टुडियो बाट रेर्कड भएको उक्त गितले हाममाया प्रेमलाई दर्षाएको छ । गायक रावलले पहिलो गितको रुपमा कोही छैन साहारा बोलको ठाडी भाका बजारमा ल्याएका थिए । सो गित थोरै भएपनि दर्षकको माया पाएपछि आफुले देउडा गित प्रति अझै रुची बढेको बताए । आफु सानै उमेर देखि गित संगित प्रेमी भएको बताउदै रावलले भने सानेै उमेरमा त सपना पुरा गर्न सकिन अहिले प्रबासमा भएपनि आफनो सपना र चाहाना पुरा गरेको छु । मलाई गित संगीत बारे खासै जानकारी छैन उनले भने कहि कतै कमजोरी भएपनि क्षमा गर्नु हुने छ भन्ने बिस्वास लिएको छु । 


अरुले गायका गितहरु सुन्दा गाउने रहर जागेको बताउदै रावल भन्छन मैले आफनो रहर पुरा गर्न प्रदेश आउनु पर्यो । पारिवारीक परिस्थीतीले आफुले चाहेको समयमा गितहरु गाउन नसकेपनि अहिले जिवनको आधा उमेर पुगेर भएपनि मैले मेरो रहर पुरा गरे  । उनले भने म भर्खरै सिक्न खोज्ने मान्छे हु गितहरु थोरै भ्युउज आएपनि खुसी लाग्छ । गायक रावल हाल  भारतको मुम्बैमा बस्दै आउनु भएको छ । उनले आफनो गितलाई सिकारु सहर हेरेर सुझाब सल्लाह दिन आग्रह गरेका छन ।
भिडियो सहित 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु