नेतृत्वबाटै जनार्दनले पार्टी फुटाउँदैछ भन्ने प्रचार भयो, अध्यक्षले खण्डन गर्नुपर्छ : शर्मा

छिनोफानो   आइतबार ०२, भदौ २०८१ ०७:५५

काठमाण्डौ – नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको नेतृत्वबाटै आफूलाई पार्टी फुटाउन लागेको आरोप लगाइएको भन्दै आक्रोस पोख्नुभएको छ । प्रचण्डकै अगाडि माओवादीका उपमहासचिव शर्माले नेतृत्वले नै पार्टी फुटाउन खोजेको आरोप लगाएको भन्दै आक्रोस पोख्नुभएको हो । पार्टीको रुकुम–काठमाण्डौ सम्पर्क मञ्चले काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष प्रचण्ड पनि सहभागी हुनुभएको थियो ।

कार्यक्रममा जनार्दन शर्माले आफूमाथि पार्टी विभाजन गर्न खोजेको आरोप पार्टी मुख्यालयबाट आएको जिकिर गर्दै अध्यक्ष प्रचण्ड आफैँले त्यसको सार्वजनिक रूपमा खण्डन गर्नुपर्ने माग गर्नुभयो । प्रचण्डलाई तपाईंको भूमिका विचार निर्माणमा रहोस्, सत्ताको नेतृत्व गर्नुस्, सङ्गठनको जिम्मा अरूलाई दिनुस् भन्दा आफूमाथि नेतृत्व विरोधी कुरा गरेको आरोप लगाउने काम गरेको भन्दै शर्माले आक्रोश व्यक्त गर्नुभयो ।

उपमहासचिव शर्माले आफूमाथि पार्टी भित्रैबाट मनोगत रूपमा विभिन्न आरोप लाग्ने गरे पनि आफूले पार्टी, आन्दोलन, नेतृत्व र जनताको पक्षमा काम गरिरहेको दाबी गर्नुभयो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु