मुटु रोगबाट पिडित गिरी दम्पतीद्धारा सहयोगको लागी अपिल

पवन भण्डारी   बिहिबार ०४, कार्तिक २०७८ ०१:४७

धनगढी ः डडेल्धुराको प्रशुराम नगरपालीका ४ का सुरेन्द्र गिरी र उनकी श्रीमती मन्जु गिरी सेती प्रादेशिक अस्पतालको बेडमा आर्थीक अभाबमा छटपटाई रहेका छन । बिगत ६ महिना देखि भारतको दिल्लीमा उपचार गराउदै आएका गिरी दम्पती आर्थीक अभाबका कारण नेपाल फर्कियका हुन । 


दुई स–साना बालबच्चा रहेका गिरी दम्पती मुटु समन्धी रोगबाट ग्रसीत छन । आर्थीक स्थीती कमजोर रहेका गिरीले भारतमा आफु सँग भएको जग्गा जमिन बेचेर उपचार गराए तर धेरै समय अस्पताल भर्ना गर्नु पर्ने धेरै पैसा लाग्ने भएपछि मृत्यु लाई रोज्दै उनि नेपाल फर्कियर धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचार गराईरहेका छन । सुरेन्द्रले  आफुहरु लाई सहयोग गरि बचाई दिन आग्रह गरेका छन । 


बिगत लामो समय देखि उपचार गर्दा गर्देै भएभरको सम्पती सकियकोले अब उपचार गर्न निकै समस्या रहेकोले सबैलाई उपचार गरि सहयोग गरि जिवन बचाई दिन उनका ससुरा बुवा प्रमल भाटले बताए । 


गिरी दम्पतीलाई भारतमा रहेर सामाजिक क्षेत्रमा काम गर्दै आयको मेचिमहाकाली जागरण अभियानका अभियान्ताहरुले सुरेन्द्र गिरी दम्पती बचाउ अभियान समेत सञ्चालन गर्दै ५० हजार रुपैया सहयोग गरेको छ । अभियानका संरक्षक सुरेन्द्र बोहोराले सेती प्रादेशिक अस्पतालमै पुगेर उनलाई सहयोग रकम हस्तानतरण गरेका हुन । उनले सबै सहयोगीदाताहरु लाई सहयोग गरिदिन आग्रह गरेका छन । 


कमजोर आर्थीक स्थीती रहेका गिरी दम्पतीको उपचारमा अहिले सम्म कुनै पनि सरकारी निकायको सहयोग पुग्न सकेको छैन । सिहदरबारको अधिकार गाँउमै भन्ने नारा गरिब जनताको भाषणमै मात्र सिमीत बनको आभास गिरी दम्पतीको छ । तर्सथ गिरी दम्पतीको जिवन रक्षाको सबैको सहयोग आवश्यक छ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु