प्रधानमन्त्री देउवा गृहजिल्ला डडेल्धुरा आइपुगे

छिनोफानो   बिहिबार ०४, कार्तिक २०७८ ०३:०५

डडेल्धुराः सुदूरपश्चिम अवलोकन भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्ला डडेल्धुरा आइपुगेका छन्। बाढी पहिरो प्रभावित क्षेत्र बझाङको थलारा, चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि गृह जिल्ला डडेल्धुरा आइपुगेका हुन्। सदरमुकाम नजिकै रहेको अमगरगढी नगरपालिका–१ दहस्थित सैनिक ब्यारेकमा यहाँका जनप्रतिनिधिसँग ब्रिफिङ लिएपछि उनी जोगबुढाको अवस्था अवलोकन गर्ने जाने कार्यक्रम छ। कार्यक्रम स्थलमा पत्रकारहरूलाई भने निषेध गरिएको छ। जोगबुढाबाट कञ्चनपुरको महेन्द्रनगर, दोधारा, चाँदनी र कैलालीको धनगढी जानेछन्।

धनगढीबाट उनी शुक्रबार काठमाडौं फर्किने कार्यक्रम रहेको छ। आइतबारबाट परेको अविरल वर्षाका कारण सुदूरपश्चिममा ३० जनाको मृत्यु भइसकेको छ भने २४ जना अझै बेपा छन्। यस्तै, बाढीपहिरोमा परेर १६ जना घाइते भएको प्रहरी तथ्यांकमा उल्लेख छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु