खोलाले बगाएकी ७ वर्षीया बालिकाको शव फेला

छिनोफानो   शुक्रबार ०५, कार्तिक २०७८ ०५:१२

अछाम, ५ कात्तिक , ढकारी गाउँपालिका-३ नवागाउँस्थित चुथी खोलाले बगाई बेपत्ता भएकी सोही ठाउँ बस्ने महेन्द्र थापाकी छोरी ७ वर्षीया मैसरा थापाको शव फेला परेको छ ।

गर्सेबाट घरतर्फ फर्किने क्रममा कात्तिक २ गते उक्त खोलाले बगाउँदा बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब ८ किलोमिटर टाढा मंगलसैन नगरपालिका-१३ बुढासैनस्थित सोही खोलाको किनारमा शुक्रबार शव फेला परेको हो ।       

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु