काठमाण्डाै – पछिल्लो २४ घण्टामा चार सय ७६ जनामा काेभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडिटी गरी नाै हजार चार सय २४ जनाको नमुना परीक्षण गरिएकाेमा चार सय ७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा तीन जनाले काेराेना सङ्क्रमणका कारण ज्यान गएका छन् । याेसहित काेराेनाबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार नाै सय २८ जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा आठ सय ३१ जना सङ्क्रमणमुक्त भएकाे छन् । अब नेपालमा १० हजार सात सय ४७ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेका छन् ।
थप एक लाख सात हजार १८ जनाले कोरोनाविरुद्धको खोप लगाएसँगै नेपालमा तीन करोड ७१ लाख २१ हजार एक सय ९६ मात्रा खोपको प्रयोग भएको छ ।
प्रतिकृया दिनुहोस