सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन आह्वान

छिनोफानो   बुधबार ०९, चैत २०७८ १०:१०

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका पदपूर्तिका लागि पहिलोपटक विज्ञापन आह्वान गरेको छ ।
आयोगले बुधबार खुला तथा समावेशी प्रतियोगितात्मकतर्फ स्थायी पदपूर्ति गर्न १६७ जनाका लागि विज्ञापन आह्वान गरेको हो । 
आयोगले खुलातर्फ ९२, महिला २५, आदिवासी÷जनजाति २०, मधेसी १६, दलित ७, अपांग ४ र पिछडिएको क्षेत्रबाट ३ गरी १६७ कोटा छुट्याएको छ । योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन्  । कक्षा ८ उत्तीर्ण भई शारिरिक तन्दुरुस्ती भएका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहकाले दरखास्त दिन पाउने सूचनामा उल्लेख छ ।
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु