धनगढी उपमहानगरपालिकामा तीन दलीय गठबन्धनबाट नगरप्रमुखका लागि नृप बहादुर ओड र उपप्रमुखका लागि शान्ति अधिकारी क्षेत्रीले मनोनयन दर्ता गराएका छन् ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढी पुगेर उनीहरुले प्रमुख र उप प्रमुख मा मनोनयन दर्ता गराएका हुन् । ओड २०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट बिजयी भएका थिए । गठबन्धनबाट सहमती मा केन्द्रमा भएको सहमति अनुसार धनगढीमा नेपाली कांग्रेसबाट प्रमुख र नेकपा माओवादीलाई उपप्रमुख दिइएको हो ।
प्रतिकृया दिनुहोस