दशैं नजिकिएसँगै नेपाली बजारमा आज (आइतबार) छापावाल सुन प्रतितोला १ सय रुपैयाँ महंगिएको हो । शुक्रबार छापावाला सुन ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । त्यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार १ हजार १ सय ७० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिकृया दिनुहोस