धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिक कोठामा नवजात शिशु मृत फेला परेको घटनामा घरवेटी र कोठाको ताला तोडेर भित्र पसेका महिलाहरूलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ घर भएकी र बसपार्कमा पुजा राना बस्दै आएको कोठामा सोमबार राति नवजात शिशु मृत फेला परेको हो ।
घटनाबारे अनुसन्धान गर्न भन्दै प्रहरीले घरबेटी र गोदावरी घर भएका दुई महिलालाई नियन्त्रणमा लगि अनुसन्धान गरिरहेको प्रवक्ता कुलदिप चन्दले बताए ।
उनले राति कोठाको ताला तोडेर भित्र गएका महिलाहरूले कपडामा बेरेर राखेको नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरेका बताए ।
उनका अनुसार कोठामा बस्दै गरेकी रानाको खोजतलास भइरहेको छ ।
प्रहरीले नियन्त्रणमा लगेका महिलाहरू र रानाबिच पैसा लेनदेन रहेको थियो । प्रवक्ता चन्दका अनुसार रानाले आफू बाहिर रहेको र कोठामा पैसा राखेकोले ती महिलालाई ताला तोडेर भित्र बस्न भनेका थिए । सोही क्रममा महिलाले नवजात शिशु देखेपछि प्रहरीलाई खबर गरे ।
नियन्त्रणमा लिइएका महिलाका अनुसार राना ग्राहकहरूसंग व्यस्त रहेकी थिइन तर, कहाँ र को९संग भने उनीहरू जानकार छैन्न ।
प्रहरीले मृत फेला परेको नवजात शिशुको पोष्टमार्टम गर्न अस्पताल राखेको छ । नवजात शिशु कति दिनको हो भन्नेबारे सोही रिपोर्ट पछि थाहा हुने प्रवक्ता चन्दले बताए ।
प्रतिकृया दिनुहोस