नागरिक उन्मुक्ति पार्टी बिबाद उत्कर्षमा,दुई प्रदेश अध्यक्ष बर्खास्त

पवन भण्डारी   मङ्गलबार २०, चैत २०८० १२:०१

कैलाली । नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष माथि कारबाही भएको छ । गण्डकी प्रदेश अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी हुन । 

सोमबार पार्टी संस्थापक केन्द्रीय सदस्यहरूको बैठक चलिरहेको अवस्थामा पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मा माथि अभद्र व्यवहार गरी कुटपिट गरेको भन्दै दुवै जनालाई कारबाही गरिएको अध्यक्ष श्रेष्ठद्वारा जारी पत्रमा उल्लेख छ ।

पछिल्लो समय नयाँ सत्ता गठबन्धनमा जाने कि पुरानोमा बस्ने भन्ने बिषयमा अध्यक्ष रन्जिता चौधरी र संरक्षक रेशम चौधरीबीच विवाद  रहेको छ । रन्जीता केन्द्रमा भएको नयाँ सत्ता गठबन्धनमै सहभागी भएर प्रदेशहरूमा सरकार बनाउन चाहिन्छन भने रेशम कांग्रेस सँगै रहन चाहन्छन ।

यही विषयमा छलफल भइरहेका बेला सोमबार काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको बैठकमै नेता कार्यकर्ताहरूबीच कुटाकुटको अवस्था सिर्जना भएको हो । कुटपिट पछि पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मो पत्रकार सम्मेलन गर्दै आफुहरु माथी भएको कुटपिट बारे जानकारी गराएका थिए । त्यसलगत्तै रन्जिताले दुई अध्यक्षलाई कारबाही कारबाही गरेकी हुन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु