एमालेका सुहाङ ५३०२ मतले अगाडि

छिनोफानो   सोमबार १७, बैशाख २०८१ ०४:३२

इलाम, वैशाख १७ गते । प्रतिनिधिसभा सदस्यका लागि इलाम –२ मा भएको उपनिर्वाचनको मतगणनामा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको मतान्तर ५ हजार ३०२ पुगेको छ । पछिल्लो परिणाम अनुसार उहाँलाई १४ हजार ६१३ मत प्राप्त भएको छ । 

नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ९ हजार ३११ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ८ हजार ५७० मत प्राप्त गर्दा रास्वपाका मिलनकुमार योङहाङ लिम्बुको २ हजार ५७ मत आएको छ । देउमाई वडा नम्बर २ तपेवा, साब्जुङ, बाघखोर र पुङफुङलगायतको मतगणना सम्पन्न भएपछि यो पछिल्लो परिणाम आएको हो । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु