सुदूरपश्चिममा मन्त्री मण्डल गठबन्धनको तयारी

छिनोफानो   मङ्गलबार १८, बैशाख २०८१ १२:०३

उपनिर्वाचनको मत परिणामपछि मात्र निर्णय गर्ने अडानमा बसेको नेकपा एमालेले निर्वाचन जितेसँगै मुख्यमन्त्री सोडारी मन्त्रिपरिषद् विस्तारको तयारीमा जुटेका हुन् । यसअघि एमालेले बझाङ उपनिर्वाचनमा जितेमा सरकारमा जाने नभए बाहिरबाट सहयोग गर्ने बताएको थियो। निर्वाचनमा एमालेका दमनबहादुर भण्डारी जितेसँगै मुख्यमन्त्री सोडारीले आज सत्ता गठबन्धनको बैठक बोलाएका हुन्।

बैठक ११ बजे बस्ने भनिएको छ। बैठकमा सरकार विस्तार, भागबण्डा र विश्वासको मत लिने विषयमा छलफल हुने माओवादी केन्द्रको संसदीय दलका उपनेता अक्कल रावलले जानकारी दिए। त्यस्तै, नागरिक उन्मुक्ति पार्टीबाट आज नै एक मन्त्री थप्ने सम्भावना रहेको उपनेता रावलको भनाइ छ। नाउपाबाट टीका थापालाई मन्त्री बनाइने सम्भावना छ। तर मन्त्रालय भने गठबन्धनको बैठकबाट मात्र तय हुने उनले बताए।

यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो। तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन्। सोडारी गत वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले हालसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका थिएनन्। नेकपा (एकीकृत समाजवादी)पार्टीबाट मुख्यमन्त्री बनेका सोडारीले हालसम्म नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई मात्रै भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु