पलियामा बेहोस भेटिए धनगढीका तीन किशोरी

छिनोफानो   बिहिबार २०, बैशाख २०८१ ०२:३७

धनगढी : भारतको पलियामा बेहोस भेटिएका तीन किशोरीलाई भारतीय प्रहरीले गौरीफन्टा पुर्‍याएको छ।  सडकमा बेहोस भेटिएका किशोरीहरूलाई भारतीय प्रहरीले गाडिमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पुर्‍याएको हो।

लागुऔषध सेवन गरेर बेहोस भएका  भारतीय प्रहरीले बताएका छन ।  सडकमा बेहोस भेटिएका दुर्व्यसनी किशोरीहरूलाई भारतीय प्रहरीले गाडिमा राखेर नेपाल–भारत सीमा क्षेत्र गौरीफन्टा पुर्‍याएको हो।   धनगढीका तीन किशोरीलाई भारतीय प्रहरीले नेपाल प्रहरीको जिम्मा लगाएको बताएको छ। धनगढीकी चन्दा विक, रिया पाली र माया पालीलाई भारतीय प्रहरीले पलियाबाट गौरीफन्टासम्म ल्याएको हो।  उनीहरूलाई सीमा क्षेत्रमा रहेको शान्ति पुनर्स्थापना गृहमा राखिएको थियो। उनीहरूका अभिभावकहरूले लगेर गएका नेपाल प्रहरीले बताएको छ।

मङ्गलवार एक जना र बुधवार २ जना किशोरीहरूलाई  भारतीय प्रहरीले गौरीफन्टा सीमा क्षेत्रसम्म ल्याएको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कवीन्द्र सिंह बोहराले  बताए। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु