धनगढीबाट लागुऔषधसहित ६ जना पक्राउ

छिनोफानो   शुक्रबार २१, बैशाख २०८१ ११:३९

धनगढी । कैलालीको धनगढीबाट आज (बिहीवार) लागुऔषधसहित ६ जना पक्राउ परेका छन्।

बिहिबार धनगढी उपमहानगरपालिका  ४ उत्तरबेहडीका १८ वर्षीय विकाश नेपालीको घरबाट लागूऔषध बरामद गरिएको हो ।
गोप्य सूचनाको आधारमा प्रहरीले उनी सुत्ने कोठामा चेकजाँच गर्दा ३ ग्राम ८२० मिलिग्राम लागूऔषध खैरो हेरोईन बरामद गरिएको जनाएका छ ।
प्रहरीले घटनाको अनुसन्धानका क्रममा नेपाली सँगै बिक्रिबितरण र सेवनमा संलग्न भएको आशंकामा सोधपुछको लागि ५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ 

 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपलिका  ३ चटकपुरका १९ वर्षीय प्रबिण खड्का २१ वर्षीइ लक्ष्मी प्रशाद जोशी धनगढी उपमहानगरपलिका  २ का २३ वर्षीय चेतन पनेरु धनगढी उपमहानगरपलिका ४ का पारस खड्का र डोटीको जोरायल गाउँपालिका  १ का २२ वर्षीय बिक्रम पातली रहेका छन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु