परीक्षा दिएर फर्कँदै गर्दा छात्रामाथि गोली प्रहार

छिनोफानो   शुक्रबार २१, बैशाख २०८१ ०३:३८


दमक, वैशाख २१ गते । झापाको दमकमा एक छात्रामाथि शुक्रबार दिउँसो गोली प्रहार भएको छ । हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा दिएर फर्कँदै गर्नुभएको १७ वर्षीया एनिका अधिकारीमाथि दमक वडा नं. ५ ज्येष्ठ नागरिक प्रतिष्ठान नजिक गोली प्रहार भएको प्रहरीले जनाएको छ ।

गोली प्रहारबाट घाइते बन्नु भएको अधिकारीको दमकस्थित लाइफलाइन अस्पतालका सघन उपचार कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उदयपुर घर भई हाल दमकमा डेरा गरेर बस्दै आउनुभएको अधिकारीको पेटमा गोली लागेको हो । अस्पताल परिसरमा बाक्लो प्रहरी तैनाथ रहेको छ ।

अधिकारीको पेटमा एक राउण्ड गोली लागेको प्रारम्भिक अनुसन्धानबाट खुलेको घटनाको अनुसन्धानमा खटिएको प्रहरीको भनाइ छ । पेटमा लागेको उक्त गोली झिकिसकिएको पनि अस्पतालले जानकारी दिएको छ ।

गोली प्रहार गर्ने व्यक्ति गोली प्रहार गरेर फरार रहेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णकुमार चन्दले बताउनुभयो । खोजी कार्य तीव्र बनाएको पनि उहाँले जानकारी दिनुभयो ।

गोरखापत्र अनलाइन

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु