कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ

छिनोफानो   आइतबार २३, बैशाख २०८१ १२:०१

कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका छन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ बसपार्क स्थित यात्री प्लाजा होटलबाट प्रहरीले संचालक सहित पुरुष महिलालाई पक्राउ गरेको हो ।

 

होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल संचालक सहित २ पुरुष  एक जना महिलालाई पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । शनिवार अपराध अनुसन्धान शाखाबाट खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई होटलबाटै पक्राउ गरेको हो । पक्राउ परेकाहरुको नाम सार्वजनिक गरिएको छैन ।उनीहरु माथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु