मजदुरका लागी मंगलसैनका जनप्रतिनिधि : काग लाई बेल पाक्यो न हर्ष न बिस्मात

पवन भण्डारी   आइतबार २३, बैशाख २०८१ ०१:२१

पवन भण्डारी, धनगढी । अछामको मंगलसैन नगरपालिका भित्र पर्यटन मन्त्रालयबाट परेका विभिन्न योजनामा काम गरेका मजदुरहरूले आफूले काम गरेको ज्याला तिर्न ३ वर्ष सम्म नपाएको गुनासो जनप्रतिनिधि सँग गरे पनि कुनै सुनुवाइ नगरेको बताएका छन  । मजदुरहरूले आफूले काम गरेको पैसा ठेकेदारे नदिए भागेको भनेर नगरपालिकामा जानकारी गराउँदा पनि कुनै सुनुवाइ नभएको बताएका छन ।  

विगत ३ वर्ष वर्ष देखि नगरपालिका भित्रका १० ठाउँमा ठेक्का लिएर काम गराएका पुष्पाञ्जली कन्स्ट्रक्सन ठेकेदार प्रकाश शाह,उदयदिप निर्माण सेवाका ठेकेदार दिनेश शाह र नर बहादुर शाही मजदुरहरूले काम गरेको ज्याला तिर्न छोडेर फरार रहेका छन । छिनोफानो डटकममा मजदुरको ज्याला नदिएर ठेकेदार फरार शीर्षकमा पटक पटक समाचार प्रकाशित भए पनि मंगलसैन नगरपालिकाका जनप्रतिनिधि रमिते मात्र बनेका छन । 

मंगलसैन नगरपालिका ७ का मनि राम जैसी भन्छन् वडा अध्यक्ष देखि नगरपालिका सम्म मौफिक तथा लिखित जानकारी दिँदा पनि आफूहरूको समस्या प्रति कसैले चासो नदेखायनन् । म जस्ता सयौँ मजदुरहरू ३ वर्ष देखि आफ्नो काम गरेको ज्याला पाउन भौँतारी रहेका छौ तर आफूले आफ्नै नगर सरकार बाट समेत सहयोग नपाएको जैसीको गुनासो छ ।

आफूले काम गरेको करिब ७० हजार ज्याला पाउन बाकी रहेका गंगाराम भण्डारी भन्छन् “काम गरेर सकिसके पछि ज्याला दिन कोही आएन, हामीले मौफिक रूपमा जानकारी गराएका हौ तर जनप्रतिनिधि मौन बसे ।”मंगलसैन ७ कि रत्ना देवी जैशीले पनि १८ हजार ज्यालाको रकम लिन बाकी छ उनी भन्छन् काम सकिएको दिन देखि ठेकेदार आएको छैन अब त काम गरेको पैसा पाउने आसा नै मरी सक्यो । 

ठेकेदार प्रकाश शाह र दिनेश शाहले मंलसैन नगरपालिका बाट ५६ लाख रकम भुक्तानी लिएका छन भने पर्यटन मन्त्रालयबाट पहिलो किस्ता समेत लिई सकेका छन । तर मंगलसैन नगरपालिका भित्र रहेका १० ठाउँमा काम गरेका मजदुरको ज्याला भने उनीहरूले दिएका छैनन् । करिब ३ वर्ष भन्दा बढी समय देखि ठेकेदारहरू मजदुरहरूको सम्पर्कमा छैनन् ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु