धनगढी । अछाम जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी ४ हजार ७ सय ९९ विद्यार्थी मध्ये १ हजार ४ सय १३ जना उर्तिण भएका छन । प्राविधिक तर्फ १ सय ५९ जना र सामान्य तर्फ ४ हजार ७ सय ४० जना परीक्षामा सहभागी भएका थिए ।
बिहीबार परीक्षा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको नतिजामा जिल्लामा सहभागी कुल विद्यार्थीको २८.८४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । जिल्लामा १० जना विद्यार्थीले ३.६० भन्दा माथि जिपिए ल्याएका छन भने ३.२० देखि ३ं.५९ जिपिए ११५ जनाले ल्याउन सफल भएका छन ।
२.८० देखि ३.१९ जिपिए ५०४ जनाले ल्याउन सफल भएका छन भने २.४० देखि २.७९ जिपिए ल्याएर ७ सय १७ जना उर्तिण बनेका छन । २.०० जिपिए देखि २.३९ जिपिए ल्याएर ६७ जना उर्तिण भएको शिक्षा विकास तथा समन्वय अछामले जनाएको छ ।
विद्यार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत अङ्क ७५ अङ्कको सैद्धान्तिक परीक्षा हुने विषयमा न्यूनतम २६.२५ अङ्क प्राप्त गर्ने र आन्तरिकतर्फ २५ पूर्णाङ्कको परीक्षामा भने ४० प्रतिशत अर्थात् १० अङ्क प्राप्त गर्ने विद्यार्थीको नजिता नियमित तर्फ समावेश गरेको हो ।
एसइई परीक्षा २०८० चैत १५ देखि २७ गतेसम्म सञ्चालन भएको थियो । बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गर्नेछ । जसमा सैद्धान्तिक र आन्तरिकको मूल्याङ्कन फरक–फरक रूपमा गर्ने व्यवस्था गरेको जनाएको छ ।
प्रतिकृया दिनुहोस