काठमाडौं । पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१० स्थित एक अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहकोआक्रमणमा परी ३ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
आदर्शनगरस्थित मदन प्रसाद गुप्ताको घरमा अवैध रुपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण पर्सा, सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेर अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मुल्य बढिको कपडा बरामद गरेको छ ।
कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरी बल नेपालको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको छ भने ३ जना सशस्त्र प्रहरी घाईते भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
बरामद सामान सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको समेत उनले बताए ।
प्रतिकृया दिनुहोस