काठमाडौं । काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको यात्रुबाहक बस तामाकोशी नदीमा खसेको छ । उक्त दुर्घटनामा ठूलो हताहती भएको बताइएको छ ।
घटनास्थलमा रहेका अनेरास्ववियु रामेछाप संयोजक गोपाल थोकरले केही शव नदीमा तैरिएर बगिरहेको देखिएको बताए । अहिले स्थानीय र प्रहरी उद्धारमा खटिएको उनले बताए ।
रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६ मा पर्ने उक्त स्थानमा दुर्घटना भएको गाडी नम्बर र अन्य विस्तृत विवरण थाहा भइनसकेको उनले नेपाल प्रेसलाई बताए ।
रामेछापमा डीएसपीले अहिले उद्धार कार्य जारी रहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस