सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कैलाली कञ्चनपुर लगायतका जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी तथा नेपाली सेनालाई बाढी पहिरोमा फसेकाको उद्धारमा तत्पराता दिन निर्देशन दिएका छन् । सुदूरपश्चिम प्रदेशमा अस्ति रातिदेखि परेको अविरल बर्षाले ठुलो बिपत्ती आउन सक्ने भनदै सम्भावित दुर्घटना न्युनिकरणमा तत्परताका साथ लाग्न निर्देशन दिएका हुन् । प्रदेशमा अझै पनि बर्षा जारी रहेकोले सबै प्रदेश बासीलाई सर्तक रहन समेत मुख्यमन्त्री भट्टले आग्रह गरेका छन ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरीलाई फोेन गरेर मुख्यमन्त्री भट्टले बर्षाले पारेको असरबारे जानकारी लिएका थिए । यस्तै डोटी, डडेल्धुरा, बैतडीलगायतका जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी पहाडी जिल्लाको अवस्था बारे बुझेपछि सघीय सरकारसँग उद्धारमा हेलिकप्टर पठाइदिन अनुरोध गरेका छन् ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डे र कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चाैधरीलाई फोेन गरेर मुख्यमन्त्री भट्टले बर्षाले पारेकाे असरबारे जानकारी लिएका थिए । यस्तै डाेटी, डडेल्धुरा, बैतडीलगायतका जिल्ला प्रशासन कार्यालयसँग सम्पर्क गरी पहाडी जिल्लाकाे अवस्था बारे बुझेपछि सघीय सरकारसँग उद्धारमा हेलिकप्टर पठाइदिन अनुराेध गरेका छन् ।
मुख्यमन्त्री भट्टले प्रधानमन्त्री शेरवहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडसँग बर्षाले सुदूरपश्चिम प्रदेशमा पारेकाे असर र विपद् बारे जानकारी गराउदै कञ्चनपुरकाे महाकाली नदी, डाेटी र बैतडीमा सेती नदी र कैलालीकाे खिमडीमा फसेकाहरुकाे उद्दारमा हेलिकप्टर माग गरेका हुन् ।
यस्तै मुख्यमन्त्री भट्टले विपद्काे यस घडीमा सतर्कताकासाथ उद्धार तथा व्यबस्थापनमा तत्परताकासाथ लाग्न स्थानीय सरकारी तथा गैरसरकारी निकाय तथा संघसंस्थालाई समेत आग्रह गरेकाे मुख्यमन्त्रीकाे सचिवालयले जानकारी दिएकाे छ ।
प्रतिकृया दिनुहोस