धनगढी : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पुनः कमलबहादुर शाह दोहोरिने भएका छन । नेपाली कांग्रेस संसदीय दलको आईतबार बिहान बसेको बैठकले सुदूरपश्चिमको मुख्यमन्त्रीमा शाहलाई अगाढी बढाउने निर्णय गरेको हो । बदलका नेतासमेत रहेका शाहले साढे १२ बजे प्रदेश प्रमुख समक्ष दाबी पेस गर्ने जनाइएको छ ।
शुक्रबार मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेशसभामा सम्बोधनपछि राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आज आइतबार ५ बजेभित्र नयाँ सरकारको दाबी पेस गर्न आह्वान गरेका थिए ।
प्रतिकृया दिनुहोस