धनगढी । बैतडीको ढुंगाड र बझाङको थलाराका बाढी पडितको उद्धारका लागी नेपाली सेनाको हेलिकप्टर पठाइने भएको छ ।
बुधवार बाढी पहिरो पीडितहरूको उद्धारको लागी बैतडीको ढुंगाड र बझाङको थलाराको लागि नेपाली सेनाको हेलिकप्टर पठाउन लागेको सुदूरपश्चिम प्रदेश सरकारको प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
मन्त्री जोशीले अन्य कतै उद्धार खोज गर्नुपर्ने अवस्था सिर्जना भएको छ भने सबैलाई जानकारीको लागी अनुरोध गरेकी छन् ।
प्रतिकृया दिनुहोस