धनगढी । विपद् प्रतिकार्यका लागि सामुदायिक पहल (CADRE ) सम्बन्धी ४ दिने तालिम बिहीबार वाट जयपृथ्बी नगरपालिका बझाङमा सुरु भएको छ ।
USAID/BHA को आर्थिक सहयोग,लुथरन वर्ल्ड रिलिफको प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटी द्धारा सञ्चालित उत्थानशील परियोजनाको आयोजनामा तालिमको आयोजना गरिएको हो ।
बिहीबार भएको तालिमको उद्घाटन जयपृथ्बी नगरपालिका प्रमुख चेतराज बजालले गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै "नगर प्रमुख बजालले बझाङ जिल्ला विपद्को उच्च जोखिममा रहेको र यस क्षेत्रका नागरिकहरूले सचेत रहनु पर्ने बताए ।"बझाङमा
जुनसुकै समयमा पनि ठुलो भूकम्प जान सक्ने विज्ञहरूले बताइरहेकोले सबैलाई सचेत रहन उनले आग्रह गरे ।
पहाडी जिल्ला भएकोले पनि बझाङमा बाढी पहिरोको त्यत्तिकै जोखिम रहेको हुँदा विपद् व्यवस्थापनका लागि पूर्व तयारीमा बस्न जरुरी रहेको बताए । (CADRE) तालिम लिएका सहभागीहरूले विपद् प्रतिकार्यमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै नगर प्रमुख बजालले भने नगरपालिकाले पनि विपद् व्यवस्थापनको कार्यलाई महत्वका साथ काम गरिरहेको बताए । साथै उत्थानशील परियोजना मार्फत नगरमा भएका कामले झनै सहयोग पुगेकोले नगरबाट गर्न पर्ने सहयोगका लागि आफू तयार रहेको बताए ।
कार्यक्रममा विशिष्ट अतिथि लुथरन वर्ल्ड रिलिफका परियोजना व्यवस्थापक सञ्जय शाहले तालिममा सिकेका कुरा समुदायका अन्य मासिसहरुलाइ समेत सिकाउन आग्रह गरे । उनले भने "यो तालिमले बिपद प्रतिकार्यको लागि महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको बताए ।सामुदायिक विकास केन्द्र डोटीका परियोजना संयोजक सुरेन्द्र बहादुर ठगुन्नाले तालिममा सिकेका कुरा ब्यावहारमा उतार्न आग्रह गरे । तालिममा सहभागी हरूलाई स्वागत तथा सम्मान गर्दै उनले तालिमको उद्देश्य बारे समेत सहभागीलाई जानकारी गराउनु भएको थियो ।
तालिम प्रदायक संस्थाका प्रमुख लोकराज भट्टले तालिम कार्यक्रमको उद्देश्य,तालिम सञ्चालन विधि ,यस तालिमबाट विपद् व्यवस्थापनमा समुदायलाई हुने फाइदाका सहभागीहरूलाई जानकारी गराउनु भएको थियो । तालिममा जय पृथ्वी नगरपालिका ५ वटा वडाका १० सामुदायिक विपद् व्यवस्थापन समिति अन्तर्गत गठन भएका खोज उद्धार कार्यदलका ३० जना सहभागिता रहेको छ ।
विपद् व्यवस्थापनको पूर्व तयारीमा रहन र विपद् प्रतिकार्यको समयमा खोज,उद्धारको काममा सहयोग पुगोस् भन्ने उद्देश्य सहित तालिमको आयोजना गरिएको हो । सहभागीहरूले तालिमबाट सिकेका ज्ञान,सीपको विकास गर्ने र विपद्को बेला प्रतिकार्यका सहज होस भन्ने प्रमुख लक्ष्य सहित सामुदायिक पहल (CADRE ) तालिम को आयोजना गरिएको हो ।
सिडिसी उत्थानशील परियोजना बझाङका परियोजना अधिकृत नरेश प्रसाद ओझाको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन उत्थानशील परियोजना सामाजिक परिचालक रज्जु मल्लले गर्नु भएको थियो ।तालिमको सहजीकरण खगेन्द्र जोशी लगायतको टिमले गरिरहेको छ ।
प्रतिकृया दिनुहोस