धनगढी: विशेष आर्थिक क्षेत्र प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भएपछि कैलालीको गोदावरी नगरपालिकाको हरैयामा निर्माण हुने भनिएको विशेष आर्थिक क्षेत्र (सेज)को काम पनि अघि बढ्ने आशा पलाएको छ । विशेष आर्थिक क्षेत्रको प्रकृया अगाडी बढाउन बाधक बनेका कानुन ससोंधन पछि यहाँका स्थानियमा समेत काम देखिने आश पलाएको छ । विशेष आर्थिक क्षेत्र (सेज)को कार्यकारी अधिकृतमा बाजुराका छत्र कटुवाल नियुक्त भए पछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उक्त क्षेत्रको निरीक्षण गर्दै प्राइभेट पब्लिक पार्टनरसिप (पीपीपी) मोडेलमा यसै आर्थिक वर्षदेखि सेजमा पूर्वाधार निर्माणको काम सुरु हुने बताए ।
‘औद्योगिक पूर्वाधार निर्माणका लागि केही कानुनी जटिलता थिए । मन्त्रालयले ती जटिलतालाई फास्ट्र ट्र्याकबाट निराकरण गरेको छ । अब सेजको काममा सहजता भएको मन्त्री भण्डारीले बताएका छन् । मन्त्री भण्डारीले औद्योगिक पूर्वाधार निर्माणका लागि बाधक बनेका पुराना ११ कानुनमा संशोधन गरिएको बताए। ‘यसपालि हरैयाको सेजका लागि १ करोड रुपैयाँ रकमको बजेट विनियोजन भएको छ । वातावरण प्रभाव मूल्यांकनको रिपोर्ट वन मन्त्रालयमा गएर रोखिएको छ । यसपालि हरैयाको डीपीआर तयार पार्ने, चार किल्ला छुट्ट्याएर घरपर्खाल लगाउने र वातावरण प्रभाव मूल्यांकनको काम सक्ने गरी कार्य अघि बढेको उनले बताए ।
प्रतिकृया दिनुहोस