धनगढीमा भाईको कैँची प्रहारबाट  दाइको मृत्यु

छिनोफानो   आइतबार १३, माघ २०८१ ११:४६

धनगढी । कैलालीको धनगढीमा भाइको कैँची प्रहारबाट  दाइको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१७ दिपनगर टोलका लालबहादुर बोहराको गएराति मृत्य भएको हो। 

घरायसी विवादमा बोहरामाथि उनकै सहोदर भाइ प्रकाश बोहराले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले  बताए। उनको घाँटीमा कैँची प्रहार गरिएको थियो भने कैँची प्रहारबाट गम्भीर घाइते भएका बोहरालाई राति नै धनगढीको निसर्ग अस्पताल पुगाइएको थियो।

बोहोराको उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए । बोहराको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। उनका भाइ प्रकाशलाई भने जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु