सुदूरपश्चिम प्रदेश सभाका विषयगत समितिको निर्वाचन स्थगित

छिनोफानो   बुधबार १६, माघ २०८१ ११:५५

धनगढी । सुदूरपश्चिम प्रदेश सभाले विषयगत समितिको सभापति चयनका लागि तय गरेको निर्वाचन प्रक्रिया स्थगित भएको छ । प्रदेश सभा सचिवालयले सूचना जारी गर्दै १८ माघमा रिक्त रहेका समितिहरुमा सभापति पदको निर्वाचन गर्नेगरि तोकिएको निर्वाचन प्रक्रिया स्थगित भएको जनाएको छ ।

सचिवालयले पुनः अर्को सूचना जारी गरेर निर्वाचनको मिति तय गरिने बताएको छ । यसअघि प्रदेश सभा सचिवालयले १७ माघमा नामावली प्रकाशन, सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव दर्ता र दाबी विरोधको कार्यक्रम तय गरेको थियो ।

१८ माघमा सभापति चयनका लागि सम्बन्धित समितिको बैठक बस्ने तयारी भएपनि स्थगित भएको हो । प्रदेश सभा सचिवालयकाअनुसार सार्वजनिक लेखा समिति, अर्थ विकास तथा प्राकृतिक श्रोत समिति र सामाजिक विकास समितिको सभापति रिक्त रहेका छन् ।

सुदूरपश्चिम ११ पुसमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच विषयगत समितिको सभापतिमा भागबन्डा भएको थियो । भागबन्डा अनुसार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले एउटा/एउटा समितिको सभापति लिनेछन् ।

उक्त भागबन्डाका आधारमा नागरिक उन्मुक्ति पार्टीलाई अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समिति, एमालेले सामाजिक विकास समिति, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई सार्वजनिक लेखा समिति र नेपाली कांग्रेसलाई विशेष समितिका सभापति लिनेछ ।

दुई दलले आवश्यकता र औचित्यका आधारमा अर्थ विकास तथा प्राकृतिक स्रोत विकास समितिलाई विभाजन गर्ने प्रक्रिया अघि बढाउने सहमति समेत गरेका थिए । अहिले सत्तारुढ नेपाली कांग्रेसको जोडबलमा सभापति चयनका लागि तोकिएको निर्वाचन स्थगित गरिएको छ । कांग्रेसले केही तयारी गर्नुपर्ने भन्दै सभामुखलाई निर्वाचन प्रक्रिया सार्न माग गरेको थियो । कांग्रेसमा सभापति कसलाई पठाउने भन्ने विषयमा सहमती हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु