कञ्चनपुरमा नेपाली काँग्रेसका नगर सभापति अच्युत कलौनी मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका- १८ स्थित वडा कार्यालय नजिकैको बाटोमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेश चन्दले अहिले घटनास्थलमा सो जिल्लाका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको जानकारी दिए। मृतक कलौनी भीमदत्त नगरपालिकाका काँग्रेस सभापति तथा निकै लोकप्रिय नेता थिए।
अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ।अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन। उनको हत्या भएको आशंकासमेत गरिएकोले प्रहरीले सो ढङ्गले पनि अनुसन्धान थालेको छ। तथापि विस्तृत विवरण आउन बाकी छ।
प्रतिकृया दिनुहोस