काठमाण्डौ – आज नेपालगञ्ज र धनगढीको तापक्रम सबैभन्दा धेरै हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार दुवै ठाउँको तापक्रम २६ देखि २८ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । यस्तै दिपायल, दाङको घोराही र भैरहवाको तापक्रम २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान छ ।
वीरेन्द्रनगर र विराटनगरको तापक्रम २४ देखि २६, सिमरा र जनकपुरको तापक्रम २३ देखि २५ तथा पोखरा र धरानको तापक्रम २२ देखि २४ डिग्री सेल्सियसम्म पुग्न सक्ने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया सफा रहे पनि भोलि गण्डकी प्रदेश, लुम्बनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात हुनेछ ।
भोलि अरु प्रदेशमा भने आंशिक बदली रहनेछ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराईका धेरै ठाउँहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नपछि क्रमिक रुपमा सुधार हुने र बाँकी तराईका केही ठाउँहरुमा मध्यान्नसम्ममा सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिकृया दिनुहोस