डोटीका बोगटी र दार्चुलाका धामीसहित २४ जना पक्राउ, खेलाउथे अनलाइन जुवा

छिनोफानो   सोमबार २१, माघ २०८१ ०१:५६

काठमाडौं: महानगरीय प्रहरी अपराध अनुसन्धान कार्यालयले विभिन्न आठ वटा बेटिङ एप्समार्फत अनलाइन जुवा खेलाएर आर्थिक कारोबार गरेको आरोपमा २४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १० जना भारतीय र १४ जना नेपाली नागरिक छन्।

प्रहरी टोलीले ललितपुर महानगरपालिका–२ सानेपाका दुई वटा घरबाट उनीहरूलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय ललितपुरसँगको समन्वयमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा डोटीको पुर्वीचौकीका तेज बोगटी र दार्चुलाको ब्यास गाउँपालिकाका हेमन्त धामी पनि रहेका छन्। 

प्रहरीका अनुसार उनीहरूले आठ भन्दा बढी बेटिङ साइटहरू प्रयोग गरी भारतीय एजेन्टहरूसँग ह्वाट्सएपमार्फत सम्पर्क गरेर अनलाइन जुवा खेलाउने गरेका थिए। जुवाको रकम भारतका विभिन्न बैंक खाताबाट डिपोजिट र विथड्र गर्ने गरिएको अनुसन्धानबाट खुलेको छ।

प्रारम्भिक अनुसन्धानबाट उनीहरूले तीन अर्ब चार करोड ७३ लाख ५६ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरूको साथबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम कार्ड, ८८ थान सिमकार्ड, १२ थान चेकबुक, ८ थान आधार कार्ड र ६ थान राहदानी बरामद गरेको छ। 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु