सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा वर्षा र हिमपातको सम्भावना

छिनोफानो   मङ्गलबार २२, माघ २०८१ १०:१४

काठमाण्डौ – आज पश्चिम नेपालमा विशेषगरी पहाडी र उच्च हिमाली क्षेत्रमा मौसममा परिवर्तन भएको छ ।

पश्चिमी वायुका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा अहिले बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा आंशिक बदलीको सम्भावना छ ।

अहिले तराईका केही ठाउँमा हुस्सु  र कुहिरो लागेको भए पनि दिउँसो हट्ने अनुमान छ । देशका बाँकी ठाउँमा आजको मौसम सामान्यतया सफा रहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु