धनगढी। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन् । नेपाली काँग्रेस कैलालीको जिल्ला सम्मेलनको उद्घाटन गर्न आज बिहान परराष्ट्रमन्त्री राणा धनगढी पुगेकि हुन् । परराष्ट्रमन्त्री राणाको धनगढी बिमानस्थलमा मुख्यमन्त्री कमल बहादुर शाह, मन्त्री र प्रदेश सभा सदस्य र नेपाली काँग्रेसका नेताहरुले स्वागत गरे । परराष्ट्रमन्त्री राणा चार दिन कैलाली बस्ने कार्यक्रम रहेको छ ।
काँग्रेस कैलालीले वडा देखी केन्द्र तहका संरचनामा सङ्गठनलाई चलायमान बनाउनलाई सम्मेलनको आयोजना गरिरहेको छ । जिल्ला समितिले वडा, नगर, प्रदेश र क्षेत्रीय समितिको सम्मेलन सकेर अब जिल्ला सम्मेलनको तयारीमा जुटेको छ । कार्यकर्ताहरूको तल्लो तह सम्मको एजेन्डालाई समेटेर जिल्ला समितिले आफ्नो कार्यदिशा तय गर्ने रणनीति बनाएको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।
प्रतिकृया दिनुहोस