धनगढी । कैलालीमा ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका-५ सिम्राना बस्ने ५८ वर्षीया रामपति थरुनीको मृत्यु भएको हो । सुदूरपश्चिम प्रदेश ०१–००२ त ५२३२ नम्बरको ट्याक्टरबाट खसेर उनी घाइते भएकी थिइन् ।
घाइते थरुनीलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीको भनाई छ । कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले ट्याक्टर र चालक तेजबहादुर मौनीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रतिकृया दिनुहोस