वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी ठगी गर्ने डोटीका एक ठग सहित २ जना पक्राउ

छिनोफानो   मङ्गलबार २९, माघ २०८१ ०४:०७

काठमाडौँ ।आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा डोटीका एकसहित २ जना पक्राउ परेका छन्।

आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले डोटी बडीकेदार गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका-१४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका घर भएका हाल काठमाडौँ नागार्जुनमा बस्दै आएको ३७ वर्षीय राज कुमार लामा रहेका छन्।

पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रुपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थिए।

सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ नागार्जुन २ बाट पक्राउ गरेको हो।उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु