बर्दियाको भुरिगाउँमा घरभित्र महिलाको शव फेला

छिनोफानो   सोमबार ०५, फागुन २०८१ ११:३५

काठमाण्डौ – बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ भुरीगाउँमा हत्या गरिएको अवस्थामा घरभित्रै महिलाको शव फेला परेको छ ।

स्थानीय ५१ वर्षीया राधा बोहोराको घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी (डीएसपी) ऋषिराम घर्ती मगरले जानकारी दिनुभयो । उहाँका अनुसार घरभित्र कपडाले घाँटीमा बाँधेर हत्या गरी खाँबोमा बाँधेर बाहिरबाट ताल्चा लगाएको अवस्थामा महिलाको शव फेला परेको हो ।

पतिसँग सम्बन्ध विच्छेद भएपछि घरमा एक्लै बस्दै आइरहेकी मृतक राधा बोहोराकी एक छोरी अमेरीकामा रहेकी स्थानीयबासिन्दाले बताएका छन् । घटनाका सम्बन्धमा प्रहरीले तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान गरिरहेको छ । 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु