पवन भण्डारी,धनगढी । अछामको तुर्माखाद गाउपालिकाले एमआईएस अप्रेटर छनौटमा पार्टीगत भागबण्डा गरि अन्य उम्मेदवारलाई परिक्षामा समाबेस समेत हुन नदिएको अडियो सार्बजनिक भएको छ । गाउँपालिका करार कर्मचारी भर्ना समिती सयोजक एवम निमित्त प्रमुख प्रशासकिय अधिकृत चक्र देव भट्टले गाउँपालिका एमआईएस अप्रेटरमा उम्मेदार बनेका हिक्मत बहादुर बयकलाई फोन गर्दै परिक्षामा समाबेश नहुन र सो पदमा अरु कसैको नाम सिफारिस भैई सहमति भैई सकेको बताएका छन ।
भट्टले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षको सहमति भएमा अन्य उम्मेदवारले परीक्षा दिनै नपर्ने भन्दै बयकलाई सम्झाउने प्रयास गरेको अडियो मा सुन्न सकिन्छ । एमआईएस मा वडा न ४ का अध्यक्ष र गाउँ पालिका अध्यक्षले कसैको नाम प्रस्ताबित गरेपछी आफ्नो केही नलागेको भट्टले भनेका छन । वडा अध्यक्षले जे भन्यो सोही मान्छे कुरा भट्टले बयक सङ्ग सम्बादमा भनेका छन । भट्टले उक्त कुरा भनेपछी एमआईएस अप्रेटर पदमा उम्मेदवार बनेका बयकले सो बिषयमा सामाजिक संजालमा बिरोध गरेका थिए ।
उनले तुर्माखाद गाउपालिका करार कर्मचारी पार्टीगत भागबण्डा गरि भर्ना गरेको कल रेकर्ड सार्बजनिक गर्ने भन्दै स्टयाटस हालेका थिए । तर सो स्ट्याटस पछि आत्तियका भट्टले तुरुन्तै बयकलाई स्पष्टीकरण सोधेका थिए ।
बयक कालिकेश्वरी माबिमा लेखापाल पदमा कार्यरत हुदा उनलाई गाउपालिकाका निमित्त प्रमुख प्रसाशकिय अधिकृतले नै स्पस्टिकरण सोधेका हुन । आफैले सो पदमा उम्मेदवारी दिएका बयकलाई परिक्षामा सहभागी नहुन र सो भागबन्डा भैईसकेको भनेर कल गरेका भट्टले नै स्पष्टीकरण सोध्नु हास्यास्पद कुरा हो । आफुले कानुन सम्बद रुपमा सो पदको लागि उम्मेदवारी दर्ता गरेको भएपनी गाउपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृतले सो पद एमालेको भागमा परेकोले सो पदमा परीक्षा नदिन भन्दै बारम्बार दबाब दिएको बयकले बताए ।
आफुले फरक आस्था राखेकै कारण परिक्षामा समेत समाबेस हुन नपाए पछि आफुले सामाजिक संजालमा आफ्ना दुख पोख्दै पालिकामा भएको कुरा राखेको बयकले बताए । तर पछि परीक्षा नदिन भन्दै दबाब सिर्जना गर्ने भट्टले नै मर्यादा मिचेको भन्दै स्पष्टीकरण सोधेपछी आफुले स्पष्टीकरण पेस गरेको बताए ।
तर सोही बिषयमा निमित्त प्रशासकिय अधिकृत भट्टलाई बुझ्दा उनले सो बिषयमा प्रतिक्रिया दिन नसक्ने बताए । गाउपालिका अध्यक्ष डम्मर बिसि लाई सो विषयमा बुझ्दा उनले आफुले बल्ल सो रेकर्ड प्राप्त गरेको बताउदै हाकिमले कसरी के तर्कमा कुरा गरे सो बारे आफुलाई जानकारी न भएको बताए । यदि सो कुरामा जो दोषी छ उसलाई कारबाही गर्न आफू तयार रहेको बिसि ले बताए ।
स्थानियतह निर्वाचनमा तुर्माखाद गाउपालिकामा नेकपा एमालेका तर्फ बाट डम्मर बिसिले अध्यक्ष पदमा बिजयी भएका थिए । सो बारे अडियो सुरक्षीत रहेको छ ।
एमआईएस अप्रेटर हुनु पर्नेमा कतिपय शब्द शिक्षक भएको मा सच्याईएको छ । सम्पादक
प्रतिकृया दिनुहोस