हमासले नियन्त्रणमा राखेका चार जना बन्धकको शव इजरायललाई हस्तान्तरण गर्ने

छिनोफानो   बुधबार ०७, फागुन २०८१ १२:०१

प्यालेस्टिनी विद्रोही समूह हमासले आफ्नो नियन्त्रणमा रहेका चार जना बन्धकहरूको शव भोलि बिहिवार हस्तान्तरण गर्ने भएको छ ।

हमासका नेता खलील अल–हयाले चार जनामध्ये एकै परिवारका दुई बालबालिकासहित आमाको शव हस्तान्तरण हुन लागेको बताउनुभएको बीबीसीको खबरमा उल्लेख छ ।

बालबालिकाका बुबा यार्डनलाई हमासले यस महिनाको शुरूमा रिहा गरेको थियो । सन् २०२३ अक्टोबर ७ मा हमासको अपहरणमा परेका उहाँका बच्चाहरु ९ महिना र चार वर्षका थिए ।

हमासले इजरायली आक्रमणमा उनीहरुको ज्यान गएको बताउँदै आएको भए पनि इजरायलले यसको पुष्टि गरेको छैन ।

यसैबीच हमासले आउँदो  शनिवार थप ६ जना इजरायली बन्धकलाई रिहा गर्ने भएको छ । यसको बदलामा इजरायलले गएको अक्टोबरदेखि अपहरणमा परेका सबै महिला र १९ वर्षमुनिका बालबालिकालाई मुक्त गर्ने जनाएको छ ।

यस्तै इजिप्टको सिमाना हुँदै गाजामा भग्नावशेष हटाउने उपकरणहरू पठाउन पनि इजरायले अनुमति दिँदैछ । 
 

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु