फेसबुक लाइभ भिडियोहरू अब ३० दिनपछि मेटिने

छिनोफानो   बिहिबार ०८, फागुन २०८१ १०:५६

काठमाण्डौ – फेसबुकमा लाइभ गरिएका भिडियोहरू अब ३० दिनपछि मेटिने भएको छ । फेसबुक सञ्चालक संस्था मेटाले फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित नरहने घोषणा गरेको हो ।

यसअघि यस्ता भिडियोहरू अनिश्चित कालसम्म भण्डारण हुन्थ्यो । मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ ।

सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्प रोज्न सक्नेछन् ।

फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा शुरुवाती केही हप्तापछि भ्यूज नआउने अर्थात नहेरिने भएपछि यस्तो निर्णय गरिएको मेटाले जनाएको छ । फेसबुकले पुराना लाइभ भिडिओहरू सुरक्षित राख्न नयाँ डाउनलोड टुलहरू पनि सार्वजनिक गरेको छ ।

प्रयोगकर्ताले ‘डाउनलोड लाइभ भिडिओज’ अप्सन प्रयोग गरेर आफ्ना पुराना भिडिओहरू एकैपटक डाउनलोड गर्न सक्नेछन् । ‘ट्रान्सफर लाइभ भिडिओ’ मा क्लिक गरेर ड्रपबक्स वा गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा पनि भिडिओहरू राख्न सकिने छ ।

प्रतिकृया दिनुहोस

यो समाचार पढेर तपाइलाई कस्तो महसुस भयो?

सम्बन्धित शीर्षकहरु